दफा ३९
कम्पनीको खारेजीलाई पुनर्संरचना कार्यक्रममा परिणत गर्न सकिने
: (१) कम्पनीको व्यवसाय तथा जायजेथा, कम्पनीले उत्पादन गर्ने सेवा वा वस्तुको प्रकृति तथा त्यसको बजार सम्भाव्यताको अध्ययन तथा जाँचबुझ गर्दा कम्पनीको पुनर्संरचना कार्यक्रम साहूको सभाबाट पारित भई स्वीकृत हुन सक्ने लिक्विडेटरलाई लागेमा कारणसहित निश्चित समयावधिको लागि यस ऐनबमोजिम अदालतले जारी गरेको कम्पनी खारेजीसम्बन्धी आदेश मुलतबी राखी यस ऐनबमोजिम पुनर्संरचना कार्यक्रम कार्यान्वयन गर्ने आदेश माग गरी अदालतमा निजले निवेदन दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त हुन आएका निवेदनको व्यहोराबाट अदालत सन्तुष्ट भएमा कुनै खास समयको लागि पहिले जारी गरेको कम्पनी खारेजीको आदेश निलम्बन गरी पुनर्संरचना कार्यक्रम कार्यान्वयन गर्न आदेश दिनेछ ।
(३) उपदफा (२) बमोजिम आदेश भएकोमा यस ऐनबमोजिम सो आदेश कार्यान्वयन गर्नु पर्नेछ।